सात करोड ६८ लाख नक्कली भारु सहित चारजना पक्राउ
त्रिभुवन विमानस्थलबाट ७ कराेड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित चारजना पक्राउ परेका छन् ।
विमानस्थल सुरक्षाका लागि खटिएको प्रहरीले नक्कली भारु र लागुपदार्थ कारोबारमा सजाय पाएका यूनुस अन्सारी, पाकिस्तानी नागरिकहरु नासिर उदिन, नादिया अनवर र मुहम्मद अख्तरलाई पक्राउ गरेको हो ।
चारवटा सुटकेशमा रहेको उक्त रकम कतार एयरवेजबाट पाकिस्तान हुँदै ल्याएको विमानस्थल प्रहरीका एसपी कृष्ण कोइरालाले बताए ।
उक्त रकम भन्सार जाँच गर्ने क्रममा भेटिएको हो । पूर्वमन्त्री सलीम मिया अन्सारीका छोरा यूनुस नक्कली भारुको ब्रिफकेस लिन विमानस्थल पुगेको प्रहरीले बताएको छ ।
यसअघि दुईपटक नक्कली भारु नोट र लागूपदार्थ सहित पक्राउ परेका अदालतबाट दोषी ठहर भई सजाय पाएर केही समयअघि मात्र जेलमुक्त भएका थिए ।