जीपबाट हाम फाल्दा एकजनाको मृत्यु
गुडिरहेको जीपबाट हामफाल्दा बैतडीमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोली रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।
बिहीवार बेलुका गिरेगडाबाट देहीमाडौंतर्फ आइरहेको म १ ज ११९ नम्बरको जीपको पछाडि सवार कोलीले पार्सा भन्ने ठाउँमा अर्को गाडीलाई साइडदिन जिप ब्याक गर्दा हामफालेको चालकले बताएका छन् ।
हामफाल्दा गम्भीर घाइते भएका कोलीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
कोलीको बाटोमै मृत्यु भएपछि जीप छोडेर चालक जनक जोशी भागेका थिए ।
भागेका जोशीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।