मोदीलाई फोन गरेर बधाई दिए प्रधानमन्त्री ओलीले
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोनमार्फत बधाई दिएका छन् ।
ओलीले टेलिफोन गरेर भारतीय जनता पार्टीले चुनावमा पाएको सफलताको लागि बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।
यसअघि आज दिउँसो मात्रै ओलीले ट्वीट मार्फत मोदीलाई बधाई दिएका थिए ।
अहिलेसम्म भारतीय जनता पार्टीले १५३ सिट जित हासिल गरेको छ भने १४६ सिटमा अग्रता लिएको छ ।
भारतमा ५४२ सिटका लागि निर्वाचन भएको थियो । लोकसभामा बहुमत ल्याउन २७२ सिट आवश्यक पर्छ ।