होटाइगर टप्सलाई विश्व हात्तिपोलोको उपाधि
हात्तिमा बसेर खेलिने खेल हात्ति पोलोको उपाधि टाइगर टप्स टस्करले जितेको छ । एलिफेन्ट्स पोलो गियर आइसल्याण्डलाई ८—५ गोलको अन्तरले हराउँदै उपाधि जितेको हो ।
१३ मंसिरदेखि नवलपरासीको कावासोती–१५ अमलरटारीमा भएको प्रतियोगितामा विभिन्न देशका ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । यसअघि चितवनको मेघौली र बर्दियामा प्रतियोगिता हुदै आएको थियो ।
खेल मार्फत जैविक विविधता संरक्षण तथा पर्यटन प्रर्वद्धन गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक टाइगर टप्स थारु लजका ब्यवस्थापक धनबहादुर चौधरीले बताए । हात्तिपोलो नेपालमा सन् १९८२ देखि सञ्चालन हुदै आएको छ । श्रीलंका, थाईल्याण्ड र भारतमा हुदै आएको हात्तिपोलो खेल केही वर्षयता सञ्चालन हुन सकेको छैन ।
विद्रोही गिरी, नवलपरासी