सन्दीप लामिछाने अब क्यारेबियन लिगमा खेल्ने
नेपाली स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि खेल्ने भएका छन् ।
उनलाई खेलाडी बोलकबोल प्रक्रियाबाट ७० हजार अमेरिकी डलरमा स्वीकारिएको हो ।
इंग्ल्यान्डमा बुधबार राति सन्दीप लामिछानेलाई बार्बाडोस ट्रिडेन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा स्वीकार गरेको बताइएको छ ।
यो रकम करीब ७८ लाख नेपाली रुपैयाँ बराबर हुन आउँछ ।
सन्दीपले गत वर्ष पनि क्यारेबियन लिग खेलेका थिए ।
उनले अहिलेसम्म भारत, क्यारेबियन, अफगानिस्तान, बंगलादेश र पाकिस्तानका लीगमा खेलिसकेका छन् ।
उनले क्यारेबियन प्रिमियर लिगमा पाएको यो मूल्य अहिलेसम्मकै धेरै हो ।