समाचारबिहिबार, ९ जेठ , २०७६

भारतीय तीर्थयात्रीलाई चीनले प्रवेशाज्ञा दिएन

रासस

कैलाश मानसरोवर दर्शनका लागि हिँडेका २० भारतीय तीर्थयात्री हुम्लाबाट फर्किएका छन् ।

भारतको महाराष्ट्रबाट हुम्ला पुगेका तीर्थयात्री चीनले प्रवेशाज्ञा नदिएपछि सिमकोटबाट फिर्ता भएका हुन् ।

भ्रमणको व्यवस्थापन गरेको कम्पनी सन्नी ट्रेकले ७५ जनाको प्रवेशाज्ञा अनुमतिका लागि पठाएकोमा चिनियाँ दूतावासले ५५ लाई मात्र प्रवेशाज्ञा दिएको थियो ।

सिमकोट पुगिसकेपछि मानसरोवर जान नपाइ फर्कनुपर्दा दुःख लागेको तीर्थयात्री रेशमले बताए ।

“बल्लतल्ल कार्यालयको समय मिलाएर कैलाश मानसरोवर दर्शनका लागि आइयो तर प्रवेशाज्ञा पाउन सकेनौ”, उनले भने “हामीले दुःख मात्र पायौँ ।, 

अहिले मानसरोवर दर्शनमा जानेहरुको हुम्लामा चाप छ । ४ देखि ८ जेठसम्म ६९२ भारतीय तीर्थयात्री हुम्ला पुगेका छन् । त्यसमध्ये ३०३ महिला र ३५९ पुरुष छन् ।

तीर्थयात्रीको चाप बढेपछि सिमकोट–हिल्साका लागी दुई वटा सिम्रिक, दुईवटा समीट र एउटा माउन्टेन गरी पाँच हेलिकप्टरले बिहानदेखि बेलुकासम्म उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ ।  

प्रतिकृया दिनुहोस