जलेर एकैघरका तीनजनाकाे मृत्यु
बैतडीको पुर्चौडी नगपालिकामा एकैघरका तीन जनाको जलेर मृत्यु भएको छ ।
पुर्चौडी –७ को बसपार्कमा रहेका टहरामा आगलागी हुँदा पुर्चौडी–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी श्रीमती ४० वर्षीया व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।
पाँच नम्बर वडाको कुवाकोट घर भएका उनीहरु बसपार्कमा टहरा बनाइ बस्दै आएका थिए ।
गएराति खाना खाई टहरामा सुतेका उनीहरु चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा उनीहरूको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको भए पनि उनीहरूलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उनीहरुले मजदूरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका थिए ।