समाचारबुधबार, ८ जेठ , २०७६

दोस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता जेठ १० र ११ मा

हिमालखबर

दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता १० र ११ जेठमा गरिने भएको छ ।

प्रतियोगिता गोकर्णेश्वर बैङ्क्वेटको हलमा सम्पन्न हुने आयोजक तोयाकान नेपाल बादोरियो कराँते डो सङ्घ केन्द्रीय समितिले जनाएको छ ।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ४०० खेलाडी र ४० अफिसियल सदस्यले सहभागिता जनाउने सङ्घका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अजयभक्त श्रेष्ठले बताए ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ खेलकूदको माध्यमबाट नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनका लागि कार्यक्रम आयोजना गरिएको सङ्घका महासचिव अरुणकुमार कार्कीले बताए ।

नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, जापानलगायतका देशबाट सहभागी हुने प्रतियोगितामा काता र कुमिते गरी ३० विधामा ३० स्वर्ण, ३० रजत र ६० काश्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।

 

प्रतिकृया दिनुहोस