थप समाचारमंगलबार, ७ जेठ , २०७६

तराईमा फल्यो स्याउ

हिमालखबर

हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ तराईमा पनि फलेको छ ।

उच्च पहाडी क्षेत्रमा फल्ने चिलिङ्ग जातको स्याउ रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी नर्सरीले फलाएको हो ।

दुईवर्ष अघि यसको बोट भारतको कलकत्ताबाट ल्याइएको नर्सरीका सञ्चालक रमेश पाण्डेले जानकारी दिए ।

मिलिङ्ग जातको स्याउको बोटमा लो–चिलिङ्ग बोटको कलमेबाट यो स्याउको बोट तयार गरिएको हो ।

सामान्यत स्याउकाे हिमाली र उच्च पहाडी क्षेत्रमा असारमा फल लाग्छ । तर गर्मी मौसमका कारण तराईमा जेठमै फल देखिएको छ ।

पाण्डेले बोटमा रहेका सबै फल पाकेमा अर्काे वर्ष व्यवसायिक खेती शुरु गर्ने बताए ।

स्याउको बोटमा किटनाशक औषधिको प्रयोग नगरिएको पाण्डेको भनाइ छ ।

कृषि क्षेत्रका जानकार निरञ्जन तिवारी स्याउ एक हजार मिटरभन्दा माथिको क्षेत्रमा मात्र फल्ने बताउँछन् ।

बिक्रम खड्का, बुटवल

 

प्रतिकृया दिनुहोस