समाचारमंगलबार, ७ जेठ , २०७६

कालीगण्डकी करिडोरकाे काम गर्दा लडेर मृत्यु

हिमालखबर

कालीगण्डकी करिडोरमा काम गर्ने एक मजदुरको भिरबाट लडेर मृत्यु भएको छ ।

बागलुङ–बलेवा खण्डको सिउडे पहरामा ब्लास्टका लागि पहराेमा प्वाल पार्नेक्रममा लडेर गुल्मीको सत्यावती गाउँपालिका–३ का नाङ्गबहादुर मगरको मृत्यु भएको हाे ।

माथिबाट लडेका मगर ३० मिटर तल सडकमा खसेकाे जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक झवेन्द्रबहादुर भट्टराईले बताए ।   

घटना लगत्तै नेपाली सेनाको टोलीले बागलुङ अस्पत्ताल पुर्‍याएपनि अस्पत्तालले उनलाई मृत घोषणा गरेको थियाे । 

नेपाली सेनाको टोलीले आगामी असार मसान्तसम्ममा काम सक्नेगरी बागलुङ–बलेवा खण्डको स्तरोन्नतिको काम गरिरहेको छ ।

कामका लागि सेनाले मजदुर परिचालन गरेको थियो । अप्ठ्यारो पहरामा बम ब्लास्ट गरेर सडक विस्तारको काम भइहेको छ ।

प्रतिकृया दिनुहोस