प्रतिपक्षी दल कांग्रेसले बनायो छायाँ सरकार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ ।
संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार पार्टी सभापति शेरबहादुर देउवाले छायाँ सरकारको रूपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति बनाएका हुन् ।
ऊर्जा समितिको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का, अर्थमा मिनेन्द्र रिजाल, गृहमा दिलेन्द्रप्रसाद बडू संयोजक तोकिएका छन् ।
शहरी विकासमा उमाकान्त चौधरी, खेलकुदमा किशोर सिंह राठौर, उद्योगमा मीन विश्वकर्मा, शिक्षामा गगन थापा, खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला संग्रौला, सञ्चार समितिको संयोजकमा बहादुरसिंह लामालाई तोकिएको जनाइएको छ ।
यसैगरी भूमिसुधारमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयको समितिको संयोजकमा राधेश्याम अधिकारी तोकिएका छन् ।
छायाँ सरकारका मन्त्रीहरुले वर्तमान सरकार र मन्त्रीहरुले गरेका कामकारबाहीलाई नजिकबाट नियाल्ने, गलत काम भए खबरदारीका र त्यसको आम जनतामाझ भण्डाफोर गर्ने कांग्रेसले जनाएको छ।