गोली हानेर नियन्त्रणमा लिइयो खुंखार डाँका कालेलाई
प्रहरीले विष्णु तामाङ अर्थात खुंखार डाँका कालेलाई गोली हानेर नियन्त्रणमा लिन सफल भएको छ ।
सोमबार बिहान महानगरीय अपराध महाशाखाको टोलीले कालेलाई काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको हो ।
उनको घुँडामा गोली लागेको छ । घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको छ जनाइएको छ ।
उनी तत्कालीन डीआईजी जयबहादुर चन्द र विश्वराजसिंह शाही तथा बुढानिलकण्ठका कयौं घरमा चोरी र डकैती गरी ६ वर्ष जेल बसेका थिए ।
कारागार मुक्त भएपछि पनि उनले उपत्यकामा डकैती गरिरहेकाले अपराध महाशाखाको टोलीले उनलाई खोजी रहेको थियो ।