बुटवलमा बिहानैदेखि विरोध प्रदर्शन
५ नम्बर प्रदेशलाई नटुक्रयाउन माग गर्दै १७ मंसिर बिहानैदेखि बुटवलमा प्रद्धर्शन सुरु भएको छ ।
रुपन्देहीका उद्योगी व्यवसायी, संघ, संस्थाहरुालले बुटवलमा विरोध प्रदर्शन गरेका छन् । रुपन्देही उद्योग वाणिज्य संघको अगुवाइमा जुलुस निस्केको छ । राष्ट्रिय झण्डासहित प्रद्धर्शनमा उत्रिएका उद्योगी, व्यवसायीले आर्थिक र व्यापारिक दृष्टिकोणले पहाड र तराई छुट्याउन नहुने माग गरेका छन् । उनीहरुले बुटबल बजार समेत बन्द गराएका छन् ।
बन्दका कारण बुटवल लगायत रुपन्देहीको जनजीवन प्रभावित भएको छ । पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने यातायातका साधन ठप्प भएका छन् । प्रदर्शनकारीहरुले अवरोध गरेपछि बजार, औद्योगीक प्रतिष्ठान, शिक्षण सस्था पनि बन्द रहेका छन् ।
दीपक ज्ञवाली, बुटवल