पाकिस्तानी मुद्रा अत्यधिक अवमूल्यन
पाकिस्तानी मुद्रा अत्यधिक अवमूल्यन भएको छ ।
अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्राको मूल्य १४९ मा कारोबार भएको छ ।
आर्थिक पोर्टल ब्लूमबर्गले पाकिस्तानी मुद्रालाई एसियाकै सबभन्दा कमजोर मुद्रा भनेको छ ।
गतवर्ष पाकिस्तानी मुद्रामा आएको २० प्रतिशतभन्दा बढीको गिरावटका कारण यो मुद्रा एशियाका मुख्य १३ मुद्रामध्ये कमजोर मुद्रा बनेको छ ।
पाकिस्तानको तुलनामा अफगानिस्तान, बंगलादेश तथा नेपालका मुद्रा स्थिर रहेका छन् ।
अमेरिकी एक डलर बराबर अफगानिस्तानको मुद्राको मूल्य ७९, भारतीय मुद्राको मूल्य ७० बंगलादेशको ८४ तथा नेपालको ११२ रुपैयाँ मूल्य रहेको छ ।
–एजेन्सी