'बोइङ ७३७ म्याक्स विमानको सफ्टवेयर अद्यावधिक'
अमेरिकी कम्पनी बोइङले इन्डोनेशिया र इथियोपियामा दुर्घटनामा परेको ७३७ म्याक्स मोडलका विमानको कम्प्युटर सफ्टवेयर अद्यावधिक गरेको छ।
इथियोपियामा दुर्घटना भएपछि म्याक्स मोडलका विमानलाई संसारभरि उडानमा प्रतिबन्ध लगाइएको थियो ।
अबदेखि म्याक्स विमानको नियन्त्रण प्रणालीलाई अमेरिकी उड्डयन निकाय एफएए र अन्य अन्तर्राष्ट्रिय उड्डयन नियमनकारी संस्थाहरूले स्वीकृत गर्नुपर्नेछ ।
उड्डयन अधिकारीहरू अहिले गरिएको परिवर्तनबाट सन्तुष्ट भएमा महीनाको अन्त्यतिर प्रमाणपत्रका लागि परीक्षण उडानहरू हुने बताइएको छ ।
गत मार्च महिनामा इथियोपियामा भएको दुर्घटनामा १५७ जनाको मृत्यु भएको थियो। दुर्घटनामा एक नेपालीको पनि मृत्यु भएको थियो ।
सोही मोडलको विमान गत अक्टोबरमा इन्डोनेशियामा दुर्घटनामा पर्दा १८९ जनाको मृत्यु भएको थियो।
बोइङ ७३७ म्याक्सका दुवै विमानको ‘मनुभरिङ क्यारिक्टरिस्टिक अग्मेन्टेशन सिस्टम’ नामक एकै किसिमको प्रणालीमा समस्या देखिएको थियो।–एजेन्सी