कला/साहित्यशुक्रबार, ३ जेठ , २०७६

खनालले ल्याए ‘मायाले बोले हुन्थ्यो केरे’

हिमालखबर

गीतकार अनिल खनालले लोक पञ्जे बाजामा आधारीत गीत ‘मायाले बोलेहुन्थ्यो केरे’ को म्युजिक भिडियो ल्याएका छन् । 

खनालको आफ्नै शब्द तथा संगीत रहेको गीतमा तेजु परियार र देवी घर्तीमगरको स्वर रहेको छ ।

म्युजिक भिडियोमा खनाल आफै बेहुलाको रुपमा अभिनय गरेका छन् ।

म्युजिक भिडियाेमा रमेश थापा, सरु गिरी र रुषा तामाङ्गले अभिनय गरेका छन् । 

राग स्टूडियो मार्फत सार्वजनिक भएको म्युजिक भिडियो कान चौसिरको छायांकन र माैसम हिमालीकाे निर्देशनमा बनेकाे हाे। 

हेर्नुहाेस भिडियाे  

प्रतिकृया दिनुहोस