डिन नियुक्तिको मापदण्ड बन्यो, डा सिंहले राजीनामा दिनसक्ने
चिकित्सा शास्त्र अध्यययन संस्थान(आईओएम)को डिन नियुक्तिका लागि त्रिभुवन विश्वविद्यालयले मापदण्ड बनाएको छ ।
स्वास्थ्यमन्त्री गगन थापाको पहलमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्यमन्त्री थापा र शिक्षामन्त्री धनिराम पौडेलसँग डा. गोविन्द केसीको अनशन तोडाउन डिन नियुक्ति सम्बन्धि मापदण्ड बनाउने बारे छलफल भएको थियो ।
प्रधानमन्त्रीको निर्देशन अनुसार त्रिविले आईओएमका पूर्व डिन डा. रमेशकान्त अधिकारीको संयोजकत्वमा बनाएको मापदण्ड निर्धारण समिति गठन गरेको थियो । उक्त समितिले बुझाएको मापदण्ड सरकारले आजै पारित गरेको छ ।
“केपीले एचओडीहरुको बैठकमा मापदण्ड अनुसार जो डिन नियुक्त भए पनि मलाई मान्य हुन्छ भनेका छन्,” स्वास्थ्य मन्त्रालयसम्बद्ध स्रोतले भन्यो ।
सरकारले पारित गरेको मापदण्डमा डिन नियुक्त गर्दा वरिष्ठता र कार्य क्षमतालाई प्रमुख रुपमा राखिएको छ ।
डा गोविन्द केसीका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच अहिले जारी वार्तामा डिन नियुक्ति सम्बन्धि नयाँ मापदण्ड पेश गरेपछि सहमति हुने सरकारी टोलीको अपेक्षा रहेको बुझिएको छ ।
रामु सापकोटा