कला/साहित्यबिहिबार, २ जेठ , २०७६

पाटनढोकामा शास्त्रीय सुरताल

हिमालखबर

यलमाया क्लासिकको १३ औं वार्षिकोत्सवका अवसरमा बिहीबार ललितपुर, पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधाका व्यक्तित्वहरू देखिए।

शास्त्रीय प्रस्तुतिका क्रममा धनराज तामाङ र अन्य संगीतकर्मी । तस्वीरहरूः विक्रम राई

शास्त्रीय संगीतको यो माहोलमा प्रमुख अतिथि पूर्व प्रधान न्यायाधिश कल्याण श्रेष्ठ थिए।

विद्वत प्रवचन काठमाडौं विश्वविद्यालयका संगीत विभाग प्रमुख डा.लोचन रिजालले विद्वत प्रवचन दिए।

यलमाया क्लासिकको बाँसुरी ग्रुपद्वारा राष्ट्रिय गानको धुनबाट आरम्भ गरिएको कार्यक्रममा क्लासिकका संस्थापक कनकमणि दीक्षितले स्वागत मन्तव्य दिएका थिए।

कार्यक्रमका संयोजक जीवन आलेले आगन्तुकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

डा.लोचन रिजाल ।

विद्वत प्रवचन पूर्व कार्यक्रममा धनराज तामाङ (गायन), मिलेश तण्डुकार (तबला), श्री केसी (हार्मोनियम)लगायतले शास्त्रीय गायनको प्रस्तुति दिएका थिए।

वाद्यवादन तर्फको सितार वादनमा भने ज्ञानुराधा गोर्खाली (सितार), विकासनाथ योगी (बेला) र बैंकटेश ढकाल (तबला)ले मनोरञ्जन प्रदान गरेका थिए।

 

प्रतिकृया दिनुहोस