समाचारबिहिबार, २ जेठ , २०७६

स्वीट्जरल्याण्डमा 'बेडरुम सिनेमा'

हिमालखबर

स्वीट्जरल्यान्डको स्प्रेइटेनबक सहरमा भीआईपी बेडरुम सिनेमा खोलिएको छ ।

तस्वीर : ट्राभल ल्याण्डलेजर डटकम

यस सहरमा आउने पर्यटकलाई लक्षित गर्दै यो सिनेमा हल खोलिएको बताइएको छ ।

"बेडरुममा सिनेमा हेर्नुको मजा नै बेग्लै हुन्छ । आरामसँग सुतेर पपकर्न खाँदै कोल्ड ड्रिंक पिउँदै सिनेमा हेर्दाको आनन्द नै बेग्लै ।

न अर्कोलाई बाटो दिने झन्झट, न कसैले छेक्ला भन्नु नकसैलाई बाटो दिन खुट्टा खुम्च्याउनु पर्ने । यस हलमा ११ वटा डबल बेड लगाइएको छ", 

सिनेमा हल बनाउने पाथ कम्पनीका सीईयो बेनानजियो दि ब्याकोले बताए, सिनेमा हलकाे सरसफाइबारे उनले भने, "यो भीआईपी सिनेमा हलका लागि सरसफाइमा विशेष ध्यान दिइएको छ ।

यहाँ बेडसिट तथा कभरहरू प्रत्येक शोपछि बदलिन्छ ।"

यस सिनेमा हलमा फिल्म हेर्नका लागि ४८ अमेरिकी डलर अर्थात ५ हजार ३८० नेपाली रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसका अलावा पाथ सिनेमाले नै ३५० जना क्षमताको सिंगल सोफा भएको आइमेक्स सिनेमा हल पनि बनाएको छ ।

–एजेन्सी

प्रतिकृया दिनुहोस