९० हजारसम्मका हेलमेट नेपाली बजारमा
बाइक माइन्डेड प्रा.लि.ले सार्क ब्राण्डका नयाँ हेलमेट बजारमा ल्याएको छ ।
२०१९ मोडलका नयाँ हेलमेटको मूल्य २० हजारदेखि ९० हजारसम्म तोकिएको छ ।
फ्रेन्च कम्पनी सार्कका हेलमेट उच्च गुणस्तरिय, सुरक्षित र हलुका भएको कम्पनीको दाबी छ ।
सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरिएका सार्क हेलमेट पाँच हजार आउटलेटमार्फत संसारभर बिक्री हुँदै आइरहेका छन् ।
यसका सम्पूर्ण मोडल फाइनान्समार्फत खरीद गर्न सकिने कम्पनीले जनाएको छ ।