ज्याक माले सुझाए ‘६६९’ सूत्र
अलिबाबाका संस्थापक ज्याक माले आफ्ना कर्मचारीहरुलाई स्वास्थ्य रहन सातामा ६ दिनमा ६ पटकसम्म यौनसम्पर्क गर्न सुझाव दिएका छन्।
उनले यसलाई ६६९ सूत्र नाम दिएका छन् ।
डेलि मेलमा प्रकाशित समाचार अनुसार, चीनका सर्वाधिक धनी व्यक्ति माले गत मे १० मा कम्पनीको मुख्यालय हाङ्झुमा आयोजित कर्मचारीको सामूहिक विवाह कार्यक्रममा यस्तो सुझाव दिएका थिए ।
अलिबाबाका कर्मचारीहरुले हरेक मे १० लाई ‘अलि डे’ को रुपमा मनाउँदै आएका छन् ।
ज्याक माले यसअघि ९९६ अर्थात् ९ बिहान बजेदेखि बेलुकी ९ बजेसम्म साताको ६ दिन कार्यालयमा उपस्थित हुने भावनाका साथ काम गर्न कर्मचारीलाई आग्रह गरेका थिए ।
‘जब कामको सन्दर्भ आउँछ, हामी ९९६ लाई बढावा दिन्छौं तर जब निजी जीवनको कुरा आउँछ, हामी ६६९ पछ्याउँछौं’, ५४ वर्षीय माले भनेका छन्।
ज्याकको यस्तो सुझावलाई धेरैले अशिष्ट भन्दैं आलोचना गरेका छन् ।
“९९६ काम गरेपछि घरमा गएर ६६९ अबलम्बन गर्ने ऊर्जा संसारमा कोसँग होला ?” एकजनाले प्रश्न गरेका छन् ।
माको ६६९ दर्शन अलिबाबाको आधिकारिक पेजमा पनि राखिएको छ । –एजेन्सी