समाचारमंगलबार, ३१ बैशाख , २०७६

इरानी विदेश मन्त्री भारतमा

रासस

इरानी विदेश मन्त्री जाभेद जारिफ सोमबार राति नयाँदिल्लीको भ्रमणमा पुगेका छन् ।

तस्वीर : फरेनपाेलिसी डटकम

उनले मंगलबार आफ्ना भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सन् २०१९ भित्रै इरानी विदेश मन्त्री जाभेदको भारतको यो दोस्रो भ्रमण हो । यसअघि उनले सन् २०१९ को जनवरी ७ देखि ९ भारतको भ्रमण गरेका थिए ।

दुई मन्त्रीबीच मंगलबार हुने भेटवार्तामा इरान र संयुक्तराज्य अमेरिकाबीच जारी विवादको विषयमा पनि वार्ता हुने जनाइएको छ ।

करीब दुई हप्ता अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिबन्ध घोषणा गरे पनि तेल आयात गरिरहेका मुलुकले अब त्यस्तो छुट नपाइने घोषणा गरेपछि तेल आयातमा कठिनाइ उत्पन्न भएको छ ।

त्यस्तो छुटको उपभोग भारत लगायत दक्षिण कोरिया, जापान, चीन समेतका मुलुकले गरिरहेका थिए ।

भारतलाई आवश्यक रहेको कूल तेलको करीब १० प्रतिशत इरानले आपूर्ति गर्दै आएको बताइन्छ ।

–सिन्ह्वा

प्रतिकृया दिनुहोस