ह्वाट्सएप असुरक्षित, ‘अपडेट’ गर्न आग्रह
ह्याकर समूहले मोबाइल एक सफ्टवेयरमार्फत मेसेजिङ एप ‘ह्वाट्सएप’बाट सूचना चोरेको खुलासा भएको छ ।
फाइनान्सियल टाइम्समा प्रकाशित समाचारका अनुसार, दक्ष साइबर ह्याकरको यो समूहले केही निश्चित फोन नम्बरहरु निगरानीमा राखेका थिए ।
ह्वाट्सएप सञ्चालक फेसबुकले सोमबार यसको पुष्टि गरेको छ । सोमबारमात्र ह्वाट्सएपले यस्तो आक्रमणबाट बच्न एप प्रयोगकर्ताहरुलाई एप अपडेट गर्न आग्रह गरेको थियो ।
फाइनान्सियल टाइम्सका अनुसार, यस कार्यमा इजरायलको सुरक्षासम्बद्ध संस्था एनएसओ ग्रुपको संलग्नता रहेको पाइएको छ ।
ह्वाट्सएपले आफूलाई अहिलेसम्मकै सुरक्षित सञ्चार एप भएको दाबी गर्दै आएको थियो ।
कमिटी टु प्रोटेक्ट जर्नालिष्ट्सका अहमद जिदानका भनाइमा, आक्रमणकारीले पत्रकार, वकिल, अभियन्ता र मानवअधिकारकर्मीलाई निशाना बनाएका छन् ।
एमनेष्टि इन्टरनेशनलले एएसओ ग्रुपको अनुमति पत्र खारेज गर्न माग गर्दै तेल अभिभमा मुद्दा दायर गरेको छ, जसको सुनुवाई आज हुने बताइएको छ। –एजेन्सी