टेलिभिजन प्रस्तोता मीनाको हत्यारा पत्ता लगाउन माग
अफगानिस्तानकी चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता तथा राजनीतिकर्मी मिना मंगलको हत्यारालाई सजाय दिन राजनीतिक कार्यकर्ता र अधिकारवादीहरूले माग गरेका छन्।
मंगललाई शनिवार बिहान साढे सात बजेतिर काबुलस्थित अफगान संसद्को सांस्कृतिक मामिला आयोगमा जाँदै गर्दा गोली हानी हत्या गरिएको थियो।
मंगल आयोगको सल्लाहकार थिइन् ।
राजनीतिमा आउनुपूर्व उनी सञ्चारकर्ममा सक्रिय थिइन् ।
न्यायकर्मी, महिलाविरुद्ध हिंसासम्बन्धी आयोग तथा नागरिक समाजले उनको हत्याको अनुसन्धानको माग गरेका छन्।
अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाले मंगलको हत्यामा संलग्नलाई जसरी भए पनि पक्राउ गरिने आश्वासन दिएका छन् ।
मङ्गलले केहि दिन अघि मात्र आफ्नो फेसबुकमा आफू असुरक्षित रहेको, लगातारका धम्किका कारण डर लागिरहेको उल्लेख गरेकी थिइन् ।
रिपोर्टर्स विदाउट बोर्डर्सले सन् २०१८ मा पत्रकारहरूका निम्ति सबभन्दा जोखिम देशको सूचीमा अफगानिस्तानलाई समावेश गरेको थियो ।