समाचारसोमबार, ३० बैशाख , २०७६

शुरु भयो ‘सत्यमोहन जात्रा’

हिमालखबर

तस्वीरः कनकमणि दीक्षितको ट्वीटबाट

शताब्दी पुरुष सत्यमोहन जोशीको एक सयौं जन्मोत्सवका अवसरमा अहिले ललितपुरमा विशेष समारोहको आयोजना भइरहेको छ ।

ललितपुर महानगरपालिकाले जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुर्‍याउने कार्यक्रम छ ।

र्‍याली साढे ११ बजेदेखि सुरु भइसकेको छ ।

जोशीको सयौं जन्मोत्सव मनाउन सोमबार बिहानैदेखि बखुम्बहालस्थित उहाँको घरमा भीड लागेको थियो ।

जोशीको जन्मोत्सव भव्यताका साथ मनाउन ललितपुर महानगर र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेका छन् ।

जोशीको सयौं जन्म दिन मनाउन महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा एक सय ११ सदस्यीय जन्मोत्सव मूल आयोजक समिति गठन गरिएको छ ।

समारोहमा पाटनवासी काः बाजा, धीमे बाजा, नेकु बाजालगायतका ४० प्रकारका परम्परागत बाजाका साथ उपस्थित छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यान्डको पनि सहभागिता छ ।

प्रतिकृया दिनुहोस