नेपालमा कफी पर्यटनको सम्भावनाबारे छलफल
नेपालमा कफी पर्यटनको सम्भावना र अवसरका बारेमा अन्तरक्रिया गरिएको छ ।
२७ वैशाखमा काठमाडौंमा ‘हाम्रो कफी पसिरयोजना’ले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा कफी कृषक, पर्यटन व्यवसायी, उद्यमी लगायतका विषयमा छलफल गरिएको थियो ।
यूरोपियन यूनियनको आर्थिक सहयोगमा सञ्चालित ‘हाम्रो कफी परियोजना’ले कृषकलाई प्राविधिक सहयोग, तालीम, अर्गानिक कफी उत्पादन लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
नेपालमा हाल २५६८ हेक्टर जमिनमा करीब ३३ हजार कृषकले कफी उत्पादन गरिरहेका छन् ।