समाचारआइतबार, २९ बैशाख , २०७६

उद्धार गरिएका आठ महिलालाई आज परिवारको जिम्मा लगाइने

हिमालखबर

भारतको मिजोरमबाट उद्धार गरिएका ८ जना महिलालाई आज परिवारको जिम्मा लगाइने भएको छ ।  

उद्धार गरिएका मध्ये सिन्धुपाल्चोक, सुर्खेत र बाँकेका महिलालाई आज परिवारको जिम्मा लगाइने माइती नेपालका निर्देशक विश्वराम खड्काले बताए।

माइती नेपालले झापा, सुनसरी, मोरङ र इलामका १५ जनालाई शनिबार परिवारको जिम्मा लगाएको थियो ।

वैदेशिक रोजगारीका लागि भारत हुँदै अवैधानिक बाटोबाट विभिन्न देश जान लागेका २३ महिलालाई भारतको मिजोरमबाट उद्धार गरिएको थियो ।

प्रतिकृया दिनुहोस