डा केसीको आन्दोलनमा सम्पादकहरुको ऐक्यवद्धता
डा गोविन्द केसीको अन्दोलनप्रति नेपाली मुलधारका मिडियाका सम्पादकहरुले ऐक्यवद्धता जनाएका छन् ।
आज १६ मंसीरमा डा केसीलाई भेटन पुगेका दैनिक, साप्ताहिक, टेलिभिजन र अनलाइन मिडियाका सम्पादकहरुले डा केसीको आन्दोलन मेडिकल माफिया, भ्रष्टाचारको विरोधमा र वृहत्तर नागरिक हितका पक्षमा रहेको भन्दै ऐक्यवद्धता जनाएका हुन् ।
आज विहान अखिलेश उपाध्याय (काठमाण्डूपोष्ट), गुणराज लुइँटेल (नागरिक दैनिक), प्रकाश रिमाल (द हिमालयन टाइम्स), प्रतीक प्रधान (बाह्रखरी डटकम), नारायण वाग्ले (सेतोपाटी डटकम), प्रशान्त अर्याल (नेपाल साप्ताहिक), दिलभूषण पाठक (कान्तिपुर टेलिभिजन), सुधीर शर्मा (कान्तिपुर दैनिक), किरण नेपाल (हिमाल साप्ताहिक), सुवास घिमिरे (माई रिप्बलिका) डा केसीलाई भेटन शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए ।
उनीहरुले डा केसीको निष्ठा र सत्याग्रहप्रति सम्मान व्यक्त गर्दै उनको विग्रदो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गरेका थिए ।
सम्पादकहरुले डा केसीले उठाएका माग यथाशिघ्र सम्वोधन गरी उनको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन् ।
त्यस्तै उनीहरुले बृहत नागरिक हितका मुद्दामा मिडियाको सदैव चासो रहने भन्दै डा केसीले उठाएका मुद्दालाई आगमी दिनमा पनि प्रमुखताका साथ उठाइरहने प्रतिवद्धता जनाएका छन् ।
डा केसी आमरण अनशनमा रहेको १९ औं दिन पुग्दा पनि सरकारले उनका माग सम्बोधन नगरेपछि सम्पादकहरु डा केसीलाई भेटी एेक्यवद्धता जनाउन अस्पताल पुगेका हुन् ।