प्रेसिडेन्टको नवौं ‘आउटलेट’ महाराजगञ्जमा
प्रेसिडेन्ट ग्रुप अफ होटलले आफ्नो नवौं ‘आउटलेट’ महाराजगञ्जमा शुरु गरेको छ ।
प्रेसिडेन्ट सेकुवा कर्नरको रूपमा खुलेको आउटलेटको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले उद्घाटन गरे ।
२०६३ सालमा सुन्धारामा होटल प्रेसिडेन्टबाट व्यवसाय शुरु गरेको उक्त ग्रुपका सुन्धारामा तीनवटा र लुम्बिनीमा एउटा होटल रहेका छन् । त्यसैगरी सुन्धारा, बालाजु’, रविभवन र चितवनमा सेकुवाका शाखा रहेका छन् ।
आफूले सिकेको ज्ञान स्वदेशमै प्रयोग गर्दा देशलाई आर्थिक उन्नति पनि हुने र रोजगारी पनि सिर्जना हुने सोंच आफ्नो रहेको ग्रुपका अध्यक्ष शंकर भण्डारीले बताए ।
उनले आफूले व्यापारभन्दा पनि गुणस्तर र हाइजिनमा ध्यान दिएको दाबी गरे ।
प्रेसिडेन्ट ग्रुपमा नेपालमै मेहनत गरेर सफल भएका र विदेशबाट फर्केका गरी सातजना युवाहरू छन् ।
आफ्ना सबै शाखामा गरी एकसय ५० जनालाई प्रत्यक्ष रोजगारी दिएका उनीहरूले विदेश जाने युवालाई देशमै रोजगारी दिन सकेकोमा खुशी लागेको बताए ।
सेकुवालाई विशेष प्राथमिकतामा राखेर सञ्चालन भएकाे प्रेसिडेन्ट सेकुवामा सबै प्रकारका खानाका पारखीहरुका लागि (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट सञ्चालन हुने उनले बताए ।
उद्घाटन कार्यक्रमकै अवसरमा होटल प्रेसिडेन्ट सेकुवाले धुर्मुस सुन्तली फाउन्डेशनलाई चितवनमा रंगशाला बनाउनका लागि ७५ हजार पनि प्रदान गरेको छ । हाेटल सञ्चालक भण्डारीले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई रकम हस्तान्तरण गरे ।