पुलित्जर पुरस्कार विजेता म्यानमारका दुई पत्रकार हिराशतमुक्त
म्यानमारका राष्ट्रपति वीन मिनले गत सेप्टेम्बरमा पक्राउ परेका समाचार एजेन्सी रोयटर्सका दुई पत्रकारलाई मुक्त गरेका छन् ।
पत्रकारद्वय वा लोन (३३) र क्वाय सोए ओ (२९)लाई ‘अफिसियल सिक्रेट्स एक्ट’ उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थियो ।
उनीहरुलाई सात–सात वर्षको कैद सजाय तोकिएको थियो ।
यी पत्रकारले सन् २०१७ मा म्यानमारस्थित १० वटा रोहिंग्या शिविरमा सुरक्षाकर्मीको कारबाही बारे रिपोर्टिङ गरेका थिए ।
यी दुई पत्रकारलाई गत वर्ष पुलित्जर पुरस्कारद्वारा सम्मानित गरिएको थियो ।
राजधानी रंगुनबाहिरको जेलबाट निस्किएका पत्रकार वा लोनले आफूले ‘पत्रकारिता छाड्न नसक्ने र न्युजरुम पुग्न हतार भइरहेको’ बताएका छन् ।
नयाँ वर्षका अवसरमा राष्ट्रपति कार्यालयले अन्य थुप्रै कैदीलाई आममाफी दिएका छन् । - एजेन्सी