पोखरामा संशोधन विधेयकविरुद्ध प्रदर्शन
संविधान संशोधन विधेयकको विरोधमा पोखरामा विरोध प्रदर्शन भएको छ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पसबाट नाराबाजी सहित जुलुश निकालेका छन् ।
उनीहरुले क्याम्पस गेट अगाडि प्रधानमन्त्रीको पुत्ला जलाएका थिए ।
अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले संविधान संशोधन विधेयकविरुद्ध उत्रन आम विद्यार्थीलाई अपिल गरे ।
सरकारले मंगलबार साँझ संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको विरोधमा आज अनेरास्ववियुले देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।
युवराज श्रेष्ठ, पोखरा