कलाकार रुद्रराज पाण्डेको निधन
कलाकार एवं निर्देशक रुद्रराज पाण्डेको ८२ वर्षको उमेरमा निधन भएको छ ।
आफ्नै घरमा लडेर घाइते भएका पाण्डेको ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
१० दिनअघि गल्फुटारस्थित आफ्नै घरमा लडेका पाण्डेको मस्तिष्कमा रगत जमेका कारण निधन भएको उनका छोरा रवीन्द्र पाण्डेले बताएका छन् ।
वसन्ती, श्रीस्वस्थानी, वासुदेव, मन, जलन र चोखोमाया लगायत चलचित्रमा अभिनय गरेका पाण्डे ४० को दशकका चर्चित कलाकार थिए ।
उनले रुपमती र सहनशीला सुशीलालगायत टेलिचलचित्र निर्देशनसमेत गरेका थिए ।
तर, अभिनेता तथा निर्देशक रहेका पाण्डे पछिल्लो पटक मस्तिष्कलाई कमजोर पार्ने रोग डिमेन्सियाका कारण बिरामी थिए ।
२३ चैत १९९५ मा जन्मेका पाण्डे शुरुमा शिक्षक र कृषि सामग्री संस्थानका जागिरे हुँदै कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए ।