कला/साहित्यबिहिबार, १९ बैशाख , २०७६

रहेनन् वरिष्ठ भारतीय चित्रकार त्यागी

हिमालखबर

त्यागीले भारतीय महान कवि हरिवंश रायबच्चनका कविता, काव्यसंग्रहहरूमा चित्रहरू तथा कभर चित्रहरू बनाएका थिए ।

प्रसिद्ध भारतीय चित्रकार हरिपाल त्यागीको ८५ वर्षको उमेरमा बुधबार निधन भएको छ । उनी रक्त क्यान्सरबाट पीडित थिए ।

त्यागी कवि, पेन्टर चित्रकार तथा व्यंग्यचित्रकार पनि थिए ।  त्यागीले भारतीय महान कवि हरिवंश राय बच्चनका कविता, काव्यसंग्रहहरूमा सुन्दर चित्र बनाउँथे । बच्चनका किताबका कभर फोटो उनैले बनाउँथे । बच्चनका काव्यसंग्रहलाई चित्रद्वारा उनले जीवन्तता दिने गर्थे ।

हरिपालले जीवनमा पैसाको कहिल्यै कमी नभएको बताउँथे । अरूमा धेरै खर्च गर्ने तर आफ्नो जीवन साधारण किसिमबाट बाँच्ने उनको विशेषता थियो।

उनले बेइमान मान्छे आफूलाई मन पर्ने बताउँथे । तर, ती पारदर्शी अर्थात खुला हुनुर्पे बताउँथे । उनी किताबी ज्ञानभन्दा आफ्नो दृष्टिकोण बदल्नुपर्ने बताउँथे ।

उनी कवि, लेखक, चित्रकार, कथाकार, कला समीक्षक तथा व्यंग्यकार थिए । उनी बहुप्रतिभा सम्पन्न व्यक्तित्व थिए ।

उनले आफ्नो जीवन चर्या ग्रामीण परिवेशअनुसार नै बिताउन चाहन्थे । खाली समयमा तस्वीर बनाउने उनको सोख थियो ।

व्यंग्य लेखनमा उनी प्रखर थिए । भारतीय साहित्यिक क्षेत्रमा उनको ठूलो चर्चा हुने गथ्र्यो । साहित्यकार जहाँ जुन देशका भए पनि उनीहरू विश्वकै निधि हुन् । हरिपालको निधनले साहित्यले एक हस्ती गुमाएको छ । –एजेन्सी

 

प्रतिकृया दिनुहोस