युवा संघ र अनेरास्ववियूद्वारा वानेश्वरमा विरोध प्रदर्शन
तस्वीर सबै: बिक्रम राई/हिमालखबर
एमालेका भ्रातृ सगठन युवा संघ र अनेरास्ववियूले संविधान संशोधन विधेयकको विरोधमा काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् ।
ती संगठनका कार्यकर्ताहरुले नयाँ बानेश्वरमा नाराबाजी र जुलुश सहित केही बेर टायर समेत बालेर प्रदर्शन गरे ।
एमालेले बानेश्वरमा प्रदर्शन गरिरहँदा उक्त क्षेत्रमा केही बेर यातायात प्रभावित भएको थियो भने त्यसक्रममा प्रदर्शनकारीले एउटा सरकारी जिपमा तोडफोड गरेका छन् ।
एमालेले राजधानी काठमाडौं लगायत ५ नं. प्रदेश अन्तर्गतका जिल्लाहरुमा समेत विरोध प्रदर्शन गरेको छ । यद्यपी जिल्लाहरुमा भएका प्रदर्शनमा कांग्रेस, माओवादी केन्द्र लगायत दलका कार्यकर्ता समेत सहभागी भएका छन् ।
यता एमाले संसदीय दलले भोलिबाट संसद समेत अवरुद्ध गर्ने घोषणा गरेको छ । एमाले नेताहरुले विधेयकको विरोधमा संसद र सडकमा संघर्षसँगै कानूनी लडाइँ पनि लड्ने बताएका छन् ।