डा केसीका माग पूरा गर: केयूका प्राध्यापक र विद्यार्थीहरु
१८ दिनदेखि अनशनरत डा गोविन्द केसीका मागप्रति काठमाडौं विश्वविद्यालय (केयू) धुलिखेलका प्राध्यापक र विद्यार्थीहरुले ऐक्यवद्धता जनाएका छन् ।
विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी र कर्मचारीहरुले आज एक दबाबमुलक कार्यक्रमको आयोजना गरे ।
उक्त कार्यक्रममा विद्यार्थीहरुले स्वास्थ्य र चिकित्सा शिक्षामा भएका वेथितिविरुद्ध डा केसीको निस्वार्थ संघर्षबाट विद्यार्थीलाई प्रेरणा मिलेको भन्दै डा केसीका माग यथाशिघ्र पूरा गर्न सरकारसँग आग्रह गरे ।
त्यस्तै केयू प्राध्यापक संघका अध्यक्ष डा वेदमणि दाहालले केसीका मागसँग विश्वविद्यालयको सम्बन्धका बारेमा जानकारी गराउँदै उनका माग पूरा गर्न सम्बन्धित सबैलाई आग्रह गरे ।
केयू प्राध्यापक संघका पूर्वअध्यक्ष डा विभूतिरञ्जन झाले डा केसीका मागहरु र दशौं अनशनबारे जानकारी गराएका थिए ।