क्लेयर पोलोसेक : पुरुष एकदिवसीय क्रिकेटमा पहिलो महिला अम्पायर
अस्ट्रेलियाकी क्लेयर पोलेसेक पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा म्पायरिङ गर्ने पहिलो महिला बनेकी छन् ।
३१ वर्षीया क्लेयरले आईसीसी विश्व क्रिकेट लिग २ को फाइनल खेलमा यो उपलब्धि प्राप्त गरेकी हुन् ।
उनले यो खेल नामिबिया र ओमानकाबीच शनिबार खेलाएकी थिइन् ।
उनले यसअघि १५ औं वनडे खेलमा अम्पायरिङ गरेकी थिइन् । सन् २०१६ मा अस्ट्रेलिया तथा दक्षिण अफ्रिकाको महिला टिमबीच भएको वनडे खेलमा उनले पहिलोपटक अम्पायरिङ गरेकी थिइन् ।
उनले गतवर्ष वुमन्स टी २० विश्वकपको सेमिफाइनलमा पनि अम्पायरिङ गरेकी थिइन् । त्यो खेल इंग्ल्यान्ड र भारतबीच भएको थियो ।
यसका अलावा उनले सन् २०१७ मा भएको वनडे विश्वकपका ४ प्रतिस्पर्धामा पनि अम्पायरको जिम्मेवारी लिएकी थिइन्। क्लेयर सन् २०१७ मा अस्ट्रेलियामा पुरुषहरूको क्रिकेट खेलमा अम्पायरिङ गर्ने पहिलो महिला अम्पायर बनेकी थिइन् ।
त्यसपछि उनले पुरुषहरूको लिस्ट ए का खेलमा अम्पायरिङ गरिन् ।
गतवर्ष डिसेम्बरमा क्लेयर र दक्षिण अस्ट्रेलियाकी एलोइस सेरिडेनले महिला बिग ब्यास लिगमा अम्पायरिङ गरेका थिए । यो नै अस्ट्रलियामा भएको प्रोफेसनल क्रिकेट खेलका दुवै फिल्डमा महिला अम्पायर भएको पहिलो अवसर थियो।
“पुरुष वनडेमा अम्पायरिङ गर्ने पहिलो महिला बन्न पाएकोमा म रोमाञ्चित छु । मैले अम्पायर क्षेत्रको लामो यात्रा पूरा गरिसकेकी छु । वास्तवमा महिला अम्पायरहरूलाई बढावा दिनु महत्वपूर्ण विषय हो । महिलाहरू क्रिकेटमा अम्पायर बन्न सक्दैनन् भन्ने कुनै कारण नै छैन । मेरो उपलब्धिले बाधाहरूलाई तोड्न र जागरुकता फैलाउन सक्छ । ताकि धेरैभन्दा धेरै महिला यस भूमिकामा आउन सकून्", क्लेयरले भनिन् ।
यस उपलब्धिलाई आईसीसीका सिनियर मेनेजर (अम्पायर तथा रेफ्री) एन्ड्रियान ग्रिफिथले अस्ट्रेलियाली महिलाका लागि ‘रोल मोडल’ भनेका छन्। - एजेन्सी