त्रासदीपूर्ण महाभूकम्पको ४ वर्ष
जनधनको ठूलो क्षति पुग्नेगरी गएको गोरखा भूकम्पको चारवर्ष पुगेको छ ।
१२ वैशाख २०७२ मा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
गोरखाको बारपाक केन्द्रविन्दु भएर गएकोले त्यसलाई गोरखा भूकम्प नामाकरण गरिएको हो ।
गोरखासहित धादिङ, नुवाकोट, रसुवा, काठमाडौ, ललितपुर, भक्तपुर लगायतका १४ जिल्लामा धेरै र १८ जिल्लामा कम गरि ३२ जिल्लामा क्षति पुगेकोले थियो ।
उक्त भूकम्पमा करीब ९ हजारले ज्यान गएका थिए । भुकम्पमा झण्डै २२ हजार जना घाइते भएको सरकारी तथ्यांक छ ।
उक्त भूकम्पबाट झण्डै ८ लाख मानिस प्रत्यक्ष मारमा परेका थिए । भूकम्पबाट क्षति पुगेका संरचनाहरु अझै पुनर्निर्माण गरेर सकिएका छैनन् ।