आठौँ राष्ट्रिय खेलकुद : सर्वाधिक पदकसहित आर्मी बन्यो च्याम्पियन
आठौं राष्ट्रिय खेलकुदमा सर्वाधिक पदक जिती नेपाल आर्मी क्लब च्याम्पियन बन्न पुगेको छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टोली सहभागी थिए । प्रतियोगितामा आर्मीले सर्वाधिक पदक जित्दै च्याम्पियन बनेको छ ।
आर्मीले १ सय ४० स्वर्ण, ८१ रजत र ६७ कास्य हात पारेको छ । सबैगरी आर्मीले २ सय ८८ पदक जितेको छ ।
यस्तै दोस्रोमा नेपाल पुलिस क्लब दोस्रो भएको छ । पुलिसले ६२ स्वर्ण, ४७ रजत र ४६ कास्यसहित १ सय ५५ पदक जितेको छ ।
सशस्त्र प्रहरी बलको एपीएफ तेस्रो भएको छ । एपीएफले ५३ स्वर्ण जित्यो भने ६९ रजत र ८० स्वर्ण जितेको छ ।
समग्रमा एपीएफले २ सय २ पदक जितेको हो ।
यसैगरी प्रदेश ३ ले २२ स्वर्ण जिती चौथो भएको छ । प्रदेश ३ ले ४० रजत र ६० कास्यसहित १ सय २२ पदक हात पारेको छ ।
गण्डकी प्रदेश पाँचौं भएको छ । उसले १२ स्वर्ण, २१ रजत र ४८ कास्यसहित ७७ पदक जितेको छ ।
प्रदेश ५ छैटौं भएको छ । प्रदेश ५ ले ११ स्वर्ण जितेको हो । प्रदेश १ सातौं भएको छ । प्रदेश १ ले ९ स्वर्ण जितेको छ ।
यसैगरी सुदूरपश्चिमले ८ स्वर्ण, प्रदेश २ र एनआरएनएको टोलीले ६ स्वर्ण तथा कर्णालीले ३ स्वर्ण जितेका छन् ।