मानव तस्करीको नयाँ केन्द्र– मिजोरम
भारतको मिजोरम प्रान्तको चाम्फाई मानव बेचबिखनको नयाँ प्रस्थान विन्दुको रुपमा देखा परेको छ ।
भारत र म्यानमार सीमानामा पर्ने चम्फाई नाका भर्खर मात्रै सञ्चालनमा आएको हो ।
माइती नेपालले जनाएअनुसार हालसम्म उक्त स्थानबाट ७० जना नेपाली महिलालाई उद्धार गरिएको छ ।
भारत हुँदै मानव तस्करी हुने बाटोमा नेपाली र भारतीय प्रहरीको सक्रियता बढेपछि दलालहरुले वैकल्पिक बाटोको रुपमा चम्फाईलाई प्रयोग गर्न थालेको भारतीय अधिकारीहरुले बताएका छन् ।
यसअघि भारतको मनीपुरबाट १७९ जना नेपाली नागरिकको उद्धार गरिएको थियो ।