अर्थ/बजारबुधबार, ११ बैशाख , २०७६

खल्ती डिजिटलले पायो राष्ट्र ब्याङ्कबाट अनुमति

हिमालखबर

खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र ब्याङ्कले भुक्तानी सेवा प्रदायकको अनुमति दिएको छ ।

राष्ट्र ब्याङ्कको ‘भुक्तानी तथा फछ्र्योट विनियमावली २०७२’ बमोजिम खल्तीले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो ।

डिजिटल भुक्तानीका साथै अब खल्ती मार्फत आन्तरिक मनी ट्रान्सफर र विभिन्न मोबाइल वित्तीय सेवा पनि उपलब्ध हुनेछन् ।

नेपाली युवा उद्यमीको समूहले सन् २०१७ मा स्थापना गरेको खल्ती डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो । खल्तीका प्रयोगकर्ता आठ लाखभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस