समाचारबुधबार, ११ बैशाख , २०७६

नेपाल अन्तर्राष्ट्रिय कराँते प्रतियाेगितामा २० स्वर्णसहित समूह विजेता

रासस

भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा नेपाल २० स्वर्ण पदकसहित समूह विजेता बनेको छ । 

ट्रफि ग्रहण गर्दै नेपालको कराँते डो मिसन संघको राष्ट्रिय टोली ।                            तस्विर : रासस 

मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन सङ्घको राष्ट्रिय टोलीले २० स्वर्ण पदक जितेको हो ।

अलइन्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजनामा भएको च्याम्पियनसिपमा नेपाल प्रथम, भारत द्वितीय र बङ्गलादेश तृतीय भएको एकेडेमीका अध्यक्ष राजु थापाले जानकारी दिए ।

च्याम्पियनसिपमा नेपाली खेलाडी रुपा रानाले काता र कुमितेतर्फ दुइ स्वर्ण पदक प्राप्त गरिन् । रानाले १९ वर्षमाथिको ९सिनियर० उमेर समूहतर्फ ५० केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरेकी हुन् ।

रानासँगै सिनियरतर्फ सन्तु थारू ५५, छिरीङ गुरुङ ६५, दिलबहादुर बुढाथोकीले ७० केजी तौल समूहको स्पर्धामा नेपाललाई स्वर्ण पदक दिलाए ।


१९ वर्षमुनिको जुनियरतर्फको स्पर्धामा सञ्जय चौधरीले ७० केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरे । १७ वर्षमुनिको (सव जुनियर) उमेर समूहमा शिवानी बस्नेत ५०, डिबिन गुरुङ ५०, रोशन राना ६० र सुनिल रावलले ५५ केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे ।

१४ वर्षमुनिको ९केडर० उमेर समूहमा प्रियङ्का थापा ५५, इशा सारु ४०, शाहील गुरुङ ३५, जप्वन पुन ४०, मिलन श्रीस ४५, सरोज क्षेत्रीले ५५ केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे ।

यसैगरी १० वर्षमुनिको ९सवकेडर० उमेर समूहमा अमीषा पोखरेल ३०, आदित्य क्षेत्री २०, विवेक सेन ठकुरी २५ र गौरव पौडेलले ३० केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक हात पारको मिसन सङ्घका केन्द्रीय सचिव गिरी पुनले जानकारी दिए ।

प्रतियोगितामा सिनियरतर्फ कुमिते र किक बक्सिङमा नेपालकी दिलमाया कोइराला, बिपीन राना र सञ्जयकुमार चौधरीले रजत पदक प्राप्त गरे ।

केडरतर्फ आकृति राना र प्रसुन शाहीले रजत पदक प्राप्त गरे भने नेपालका यमन सोती मगरले कास्य पदक हात पारे ।

भारत, बङ्गलादेश, भुटान, श्रीलङ्कालगायतका देशका २२१ खेलाडीले भाग लिएको च्याम्पियनसिपमा नेपालका २६ खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको कराँते महासङ्घ प्रदेश नं ५ का अध्यक्ष भरतबहादुर केसीले बताए ।

विदेशी भूमिमा जित हासिल गरेर खेलाडीले देशको नाम राखेकामा आफूलाई गर्व लागेको जापान गोजुरीयो कराँते डो मिसन सङ्घका संस्थापक तथा नेपाली टोलीका प्रमुख प्रशिक्षक केबी रानाले बताए ।

प्रतिकृया दिनुहोस