चीनकाे राजकीय भ्रमणमा निस्कदै राष्ट्रपति
राजकीय भ्रमणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन जाँदैछिन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी चीन जान लागेकी हुन् ।
बिहान ११ बजे नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित करिब ८० जना रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता हुनेछ।
त्यसक्रममा नेपालमा रेल, सुरुङमार्ग, अन्तरदेशीय विद्युत् प्रसारण लाइन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
राष्ट्रपतिको भ्रमणकै क्रममा दुवै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर पनि हुनेछ ।