बिहानै दुईपटक भूकम्प, नौबिसे केन्द्रविन्दु
धादिङ केन्द्रविन्दु बनाएर बुधबार बिहानै दुईपटक भूकम्प गएकाे छ ।
बिहान ६ बजेर २९ मिनेट र ६ बजेर ४० मिनेट जाँदा भूकम्प गएको हो ।
नौविसे आसपास केन्द्रविन्दु भएर ५:२ र ४:३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का धादिङसहित काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट लगायतका जिल्लाहरुमा महसुस गरिएको थियो ।
भूकम्पकाे धक्का महसुस गरेपछि मानिसहरु घर बाहिर निस्केका थिए ।
१२ वैशाख २०७२ मा विनासकारी गोर्खा भूकम्प गएको ४ वर्ष पुग्न एकदिन अगाडि ठूलो भूकम्पको धक्का महसुस गर्दा मानिसहरु त्रसित बनेका छन् ।
गाेर्खा भूकम्पमा परेर ९ हजार भन्दा बढीको ज्यान गएको थियो ।