संविधान संशोधन विधेयकप्रति फोरम नेपालको असहमति
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकप्रति असहमति जनाएका छन् ।
विधेयकमा मधेशी मोर्चा र संघीय गठबन्धनले उठाएका कुनै पनि मागको पूर्ण रुपमा सम्बोधन नगरिएको भन्दै असहमति व्यक्त गरिएको छ ।
त्यसैगरी प्रादेशिक स्वायत्तता र स्वाशसानसहितको १० प्रदेशको संघीयता र सीमाङ्कनको विषयलाई विवादित नै राखिएको, झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा मोर्चाको मागअनुसार सम्बोधन नगरिएको विज्ञप्तिमा उल्लेख छ ।
“वैवाहिक अंगीकृतलाई वैवाहिक बंशज बनाउन माग गरे पनि संशोधन प्रस्तावमा वैवाहिक अंगीकृत कै व्यवस्था गरिएको छ । जसअनुसार विवाह गरी नेपाल आएकी महिलाहरु देशको उच्च पदमा जान सक्ने छैन,” विज्ञप्तिमा उल्लेख छ ।