बारामा बजाज शोरुम
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले बाराको कलैयामा नयाँ शोरुम सञ्चालन गरेको छ ।
शोरुमबाट ग्राहकले मोटरसाइकल खरीदका साथै स्पेयर्स पार्टस र सर्भिसिङको समेत सुबिधा पाउनेछन् ।
ग्राहकको बढ्दो मागलाई ध्यान दिंदै ग्रामिण भेगमा समेत शोरुम सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ । नयाँ शोरुम सञ्चालनको अवसरमा मोटरसाइकल खरीदमा विशेष छूट समेत दिइएको कम्पनीको भनाइ छ ।
बजाजले पल्सर, डिस्कभर, एभेन्जर, प्लाटिना, भी, डोमिनार लगायत मोटरसाइकलका विभिन्न मोडल बिक्री गर्दै आइरहेको छ ।