भारतमा तेस्रो चरणको चुनाव आज
भारतको तल्लो सदन लोकसभाका लागि तेस्रो चरणको मतदान शुरु भएको छ ।
भारतीय निर्वाचन आयोगका अनुसार १४ राज्य र एउटा केन्द्र शासित प्रान्त गरी ११६ स्थानका लागि मतदान शुरु भएको हो ।
आज गुजरातका २६ र केरलाका २०, असमका चार, बिहारका पाँच, छत्तीसगढका ११, कर्नाटक र महाराष्ट्रका १४/१४, उडिसाका छ, उत्तर प्रदेशका १०, पश्चिम बंगालका पाँच, गोवाका दुई, दादरा र नगर हवेली, दामन र डिउ तथा त्रिपुराका १/१ स्थानमा चुनाव हुँदैछ ।
आज करिब १८ करोड ५६ लाख मतदाताले २ लाख १० हजार मतदान केन्द्रमा मतदान गर्दैछन् ।
भारतमा ११ अप्रिलमा पहिलो चरणको र १८ अप्रिलमा दोस्रो चरणको निर्वाचन भएको थियो ।
सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।
आज प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा मतदान गरेका छन् ।
आजको चुनावबाट भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतीय राष्ट्रिय कङ्ग्रेसका अध्यक्ष राहुल गान्धी, धेरै जना भारतीय केन्द्रीय मन्त्रीहरुका साथै युवानेता हार्दिक पटेलको भाग्यको फैसला हुनेछ ।