शल्यचिकित्सा सहितको स्वास्थ्य शिविर सम्पन्न
नेपाली सेनाले रुपन्देहीमा पाँच दिने शल्यचिकित्सा सहितको स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
प्रदेश–५ को सामाजिक विकास मन्त्रालय, स्थानीय सरकार, सामाजिक संघ संस्था तथा व्यवसायीको सहकार्यमा कोटहिमाई गाउँपालिका मजगावामा मध्यपश्चिम पृतना हेडक्वार्टरले शिविर आयोजना गरेको हो ।
डेन्टल सर्जरी, भिडियो एक्सरे, प्याथोलोजी ल्याब सहितको शिविरमा ६८ जनाको सफल शल्यक्रिया गरिएको थियो ।
त्यस्तै शिविरबाट स्त्री रोग, आँखा, नाक कान घाँटी, हाडजोर्नी लगायत रोगका करीब सात हजार स्थानीयबासिहरु लाभान्वित भएको सेनाले जनाएको छ ।
सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको मर्चवार आदर्श माध्यमिक विद्यालयको हाताभित्र दुईसय विरुवा समेत रोपेको छ ।