जनरल इन्स्योरेन्स र सिन्धु विकास ब्याङ्कबीच सम्झौता
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सिन्धु विकास ब्याङ्क लिमिटेडबीच ब्याङ्कास्युरेन्स सम्झौता भएको छ ।
सम्झौतामा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका महाप्रबन्धक एस.के.तमोटले हस्ताक्षर गरेका छन् ।
सहमतिसँगै ब्याङ्कका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधा ब्याङ्कका सबै शाखाबाट लिन सक्नेछन ।