ज्योतिलाईफ इन्स्योरेन्स र ब्याङ्क अफ काठमाडौंबीच सम्झौता
ब्याङ्क अफ काठमाडौंले संचालनमा ल्याउन लागेको नयाँ बचत खाता योजनाअन्तर्गत जीवन बीमा तथा घातक रोग उपचार सेवा उपलब्ध गराउने सम्बन्धमा ज्योति लाईफ इन्स्योरेन्स र ब्याङ्कबीच सम्झौता भएको छ ।
सम्झौताअन्तर्गत ब्याङ्क अफ काठमाडौंका ग्राहकलाई १५ वटा घातक रोगमध्ये कुनै पनि रोग लागेको प्रमाणित भएमा उपचार खर्च वापत बीमाङ्क वापत्को रकम भुक्तानी गरिने छ ।
त्यस्तै ब्याङ्कका बचत योजनाका ग्राहकले ब्याङ्किङ सेवाका अतिरिक्त ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा निःशुल्क प्राप्त गर्नेछन् ।