जल पाइप्स एण्ड फिटिङस सार्वजनिक
महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स सार्वजनिक गरेको छ । पाइप्स एन्ड फिटिङ्सको सार्वजनिक संयुक्त रुपमा ब्राण्ड एम्ब्यास्डर मनिषा कोइराला, अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैन लगायतले गरेका थिए ।
यसको उत्पादनका लागि कम्पनीले सेकिसुई जापानीजसँग सहकार्य गरेको छ । जल पाइप्स एन्ड फिटिङ्सका सम्पूर्ण उत्पादन उच्च गुणस्तरिय, टिकाउ र बलियो भएको कम्पनीको दाबी छ ।
जल पाइप्स एण्ड फिटिङस अरिहान्त समूह अन्तर्गतको उत्पादन हो । समूहले महालक्ष्मी केबल्स, अरिहान्त आइरन एन्ड स्टिल उद्योग, अरिहान्त क्यामिकल्स, संसरा रेमिट लगायत २२ भन्दा बढी व्यापारिक क्षेत्रमा लगानी गरेको छ ।